२०८० साउन २ गते मङ्गलवार
२०८० साउन २ गते मङ्गलवार

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ७ वर्षीय बालिकाको मृत्यु

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षकी बालिकाको ज्यान गएको छ ।

गएको फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा सुरक्षाकर्मीबाट मारिने उनी सबैभन्दा कम उमेरको व्यक्ति हुन् ।

मान्डली शहरको आफ्नो घरमै रहेका बेला बालिकाको गोली लागेर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीका कारण हालसम्म कम्तीमा २० बालबालिकाको ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सेभ द चिल्ड्रेनले जनाएको छ ।

अहिलेसम्म १६४ जना प्रदर्शनकारीको ज्यान गएको आर्मीले बताएको छ । तर एसिस्टेन्स एसोसियसन फर पोलिटिकल प्रिजनर्स (एएपिपि) का अनुसार हालसम्म कम्तीमा २६१ जनाको ज्यान गएको छ ।