२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

चरकमटियामा वडा स्तरीय खेलकुद प्रतियोगिता हुँदै

बबई गाउँपालिका वडा नं. ७ चरकमटियामा वडा स्तरीय खेलकुद प्रतियोगिता आगमी चैत्र १४ गते देखि २० गतसम्म सञ्चालन हुने भएको छ । वडा भित्र रहेका टोल–टोल विच मैत्रीपूर्ण वडा स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्न लागेको खेलकुद सञ्चालक समितिका अध्यक्ष भक्त डाँगीले जानकारी दिनुभयो ।

बबई गाउँपालिका वडा नं. ७ को वडा कार्यालयको सहयोगमा सञ्चालन हुने वडा स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १४ र १५ गते फुटबल र १९ र २० भलिबल प्रतियोता सञ्चालन कार्यक्रम तय भएको खेलकुद सञ्चालक समितिका अध्यक्ष भक्त डाँगीले बताउनुभयो ।

मावि चरकमटियाको खेलमैदान हुने वडा स्तरिय प्रतियोगितामा सहभागीताका लागि टिम गर्न आयोजकले सबैमा आग्रह गरेको छ ।