२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

लकडाउनको एक वर्ष : ३ हजार १९ जनाको मृत्यु

कोरोना भाइरसको महामारी फैलन नदिन सरकारले देशमा पहिलोपटक गरेको लकडाउनको आज ठ्याक्कै एक वर्ष पुरा भएको छ ।

फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै २०७६ चैत ११ मा सुरु भएको लकडाउनले अर्थतन्त्रमा दूरगामी प्रभाव त छाड्यो तर संक्रमण रोकथाममा उल्लेख्य योगदान गर्न सकेन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मंगलबारसम्म नेपालमा कोरोनाबाट २ लाख ७६ हजार २ सय ४४ जना संक्रमित भइसकेका छन् । यो एक वर्षको बीचमा तीन हजार १९ जनाले कोरोनाकै कारण ज्यान गुमाउनु परेको छ ।