२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

गुल्मीमा कोरोना सतर्कता : भिडभाड र जुलुस गर्न रोक

भारतमा कोरोना संक्रमणको दर बढेसँगै गुल्मीमा सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले भिडभाड, जुलुस तथा र्‍याली गर्न रोक लगाएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले संक्रमण बढ्न नदिन स्वास्थ्य मापदण्ड पालना गर्न सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताइन् । आउन लागेको फागु पर्व पनि परिवारभित्र मात्रै मनाउन आग्रह गरेको छ ।

यसैगरी मास्क अनिवार्य रुपमा लगाउन, भौतिक दूरी कायम गर्न तथा साबुनपानीले हात धुने कार्य गर्न पनि प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । होटल, रेष्टुरेन्ट तथा मदिरा बिक्री वितरण गर्ने पसल व्यवसाय राति ८ बजेपछि बन्द गर्ने निर्णय भएको छ ।

सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने पनि निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् ।