२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

थप १४५ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

३९ सय ६३ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७६ हजार तीन सय ८९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार एक सय ८७ पुगेको छ ।

यस्तै कोरोना सङ्क्रमणबाट एक जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले नेपालमा ११ सय ८२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।