२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

लक्ष्मी नारायण आविको ३१औं वार्षिक उत्सव उद्घाटन

लक्ष्मी नारायण आधारभूत विद्यालय सलौरा दाङको ३१औं वार्षिक उत्सव समारोह एक कार्यक्रम विच दंगिशरण ५ सलौरामा उद्घाटन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुम प्रसाद देवकोटाको अध्यक्षता तथा दंगिशरण गाउँपालिका वडा नं. ५ का अध्यक्ष दिपक गौतमको प्रमुख आतिथ्यता र दंगिशरण गाउँपालिका शिक्षा शाखा प्रमुख विनोद अधिकारीको विशिष्ट आथित्यतामा समारोह उद्घाटन भएको हो ।

शिक्षक भगनदास चौधरीको स्वागत मन्तव्य र विद्यार्थीहरू रेणु डाँगी, वर्षा भण्डारी, रेखा देवकोटा, वसन्ता भण्डारी र संगिता वलीको स्वागत गितवाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोही उद्घाटन समारोहका बीच हाजिरीजवाफ प्रतियोगिता र १०० मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ ।

हाजिरी जवाफ प्रतियोगितामा प्रशान्त केसीको समुह प्रथम रद्वितीय गिता विकको समुह तथा तृतीय श्रिजना केसीको समुह भएको छ । हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमको सन्चालन शिक्षक शिव प्रसाद उपाध्यायले गरेका थिए ।

उद्घाटन समारोहको सहजीकरण शिक्षक डिल्लीराज आचार्यले गर्नुभएको थियो ।