२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

माछा मार्ने क्रममा करेन्ट लागेर बागरमा एक जनाको मृत्यु

सांकेतिक तस्वीर ।

पश्चिम दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो २ बजेको समयमा दंगिशरण गाउँपालिका वडा नं. ६ बागरमा सोही स्थान निवासी २७ वर्षीय गोविन्द सुनारको करेन्ट लागेर मृत्यु भएको हो ।

घर नजिकैको बागर कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका सुनारको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।