२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न दाङ प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय दाङले कोभिड १९ को जोखिम बढ्दै गएको भन्दै सतर्क रहन आग्रह गरेको छ । विहीबार सूचना जारी गर्दै छिमेकी मुलुक भारत लगायत विभिन्न मुलुकमा थप क्रियाशिल भई संकमित र मृत्युदरमा समेत बृद्धि भएकाले सतर्क रहन आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले एक सूचना जारी गर्दै भारतको खुला सीमा नाकाका कारण मानिसहरुको आवत जावत हुनुका साथै सहरी तथा ग्रामिण क्षेत्रमा मानिसहरुको चहल पहल बढेकोले संक्रमणको उच्च जोखिम रहेको बताएका छन् ।

उनले नागरिहलाई सजक र सर्तक रही स्वास्थ्य मापदण्ड पालना गर्नुकासाथै घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन, नियमित साबुन पानीले हात धुन, सेनीटाईजर प्रयोग गर्न, सामाजिकदुरी कायम गर्न, सार्वजनिक सेवा प्रवाह, व्यापार तथा व्यवसाय र सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । त्यसैगरी फागु पुर्णीमा लगायत मेलापर्व, भोजभतेर र पार्टीमा समावेश नहुन, जमघट एवं भिडभाड नगर्न आग्रह गरेको छ ।

कोभिड १९ को लक्षण देखिएमा तत्काल तोकिएको स्वास्थ्य संस्थामा गई कोरोना जाँच गराउन र जिल्ला प्रशासनबाट विभिन्न कार्यक्रमहरु संचालन गर्नका लागि यस अघि सहमती लिएको भए पनि सो सहमती रद्ध गरिएको र कार्यक्रम सञ्चालन नगर्न भनेको छ । साथै स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाईएमा संक्रामक रोग एेन २०२० बमोजिम कार्वाही हुने जनाएको छ ।