२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन चैत १८ गतेदेखि

लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन चैत १८ गतेदेखि बोलाउने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै

शुक्रबार प्रदेशको अस्थायी मुकाम बुटवलमा बसेको मन्त्रिपरिषद् बैठकले चैत १८ मा प्रदेशसभा बोलाउन प्रदेश प्रमुखलाई सिफारिस पठाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बताए ।

यसअघि असोज २० मा प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका दाङको देउखुरी तोकिएपछि प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको थियो ।

प्रदेशसभाको हिउँदे अधिवेशन स्थायी राजधानी तोकिएको दाङको राप्ती प्राविधिक शिक्षालयमा गर्ने गृहकार्य गरे पनि उक्त शिक्षालयको जग्गा प्रदेशलाई प्राप्त नहुँदा बैठक बुटवलमै बस्न लागेको हो ।