२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

आफ्नै बारीमा आगो लगाउने क्रममा जलेर बृद्धको मृत्यु

फाइल तस्वीर ।

धादिङ नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एक जनाको मृत्यु भएको छ।

बारीमा आगो लगाउने क्रममा बारी छेउको जङ्गलको आगोले जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको छिमेकी सिर्जा लामाले टेलिफोनबाट जानकारी दिइन्।

आफ्नै बारीमा आगो लगाउने क्रममा आगोले जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए।

शुक्रबार भएको घटना गाउँलेले पोलिएको अवस्थामा शनिबार मात्र मानबहादुरको शव फेला पारेका थिए।