२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

एकदिने सहकारी शिक्षा कार्यक्रम सम्पन्न

समता कृषि सहकारी संस्था लिमिटेड शान्तिनगर गाउँपालिका ५ काँशिपुरको आयोजनामा एकदिने सहकारी शिक्षा कार्यक्रम काँशिपुरमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष ज्ञानेन्द्र राज शर्माको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गिरीराज बस्नेतको प्रमुख आतिथ्यता र सहकारी प्रशिक्षालय बाँके नेपालगञ्जका सहकारी प्रशिक्षक प्रशाराम भुसालको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थाका शिक्षा संयोजक दोर्ण वहादुर खत्रीको स्वागत मन्तव्यबाट सरू भएको कार्यक्रममा संस्थाका शेयर सदस्य कोमल केसी र श्री आदर्श आधारभूत विद्यालयका प्रधानाध्यापक विनोद डाँगिले आफ्नो भनाई राखेका थिए र कार्यक्रमको सहजीकरण संस्थाका शिक्षा समिति सदस्य मनोहर दाहालले गरेका थिए ।

उक्त शिक्षा कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।