२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

जमुनाह नाका हुँदै घर फर्किएका दुई पुरुषमा कोरोना

फाइल तस्वीर ।

बाँकेको जमुनाह नाका हुँदै घर फर्किएका बर्दिया र रोल्पाका दुई पुरुषमा कोरोना संक्रमण देखिएको छ । शनिबार एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरूमा कोरोना पोजिटिभ देखिएको हो ।

स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी नरेश श्रेष्ठले भारतको गुजरातमा काम गर्दै आएका बढैयाताल गाउँपालिका–१ डाँफेका ४१ वर्षीय पुरुष र महाराष्ट्रबाट फर्किएका रोल्पाका ४८ वर्षीय पुरुषमा संक्रमण देखिएको बताए । दुवैको जमुनाह नाकामा स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरूलाई आ–आफ्नै घरमा आइसोलेसनमा राखिने सूचना अधिकारी श्रेष्ठले बताए । दुवैलाई शनिबार नै एम्बुलेन्समार्फत घर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।