२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

माटोको ढिस्कोले पुरिएर सल्यानमा एक महिलाको मृत्यु

सांकेतिक तस्वीर ।

सल्यानमा घर लिप्ने माटो खन्न गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ। अर्की एक महिला गम्भीर घाइते भएकी छन्।

शिद्धकुमाख गाउँपालिका( २ खर्केडाँडाकी ४५ वर्षीया एैली चलाउने र ३२ वर्षीया पौरी बोहरा घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरेपछि गम्भीर घाइते भएका थिए।

घाइतेमध्ये चलाउनेको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिए।

अर्की गम्भीर घाइते बोहोरालाई श्रीनगरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शनिबार राति नै बाँके रिफर गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए।

शनिबार बेलुकी ४ बजेतिर स्थानीय ५ जना महिला आफ्नो घर नजिकै घर लिप्ने माटो लिन भनेर गएको र माटो खन्ने क्रममा माथिबाट झरेको ढिस्कोले दुई महिलालाई गम्भीर चोट लागेको वलीले बताए।

थप तीन जना महिला भने माटो खन्नको लागि बाहिरै पालो कुरेर बसेको हुँदा उनीहरु भने सकुशल रहेको प्रहरीले जिल्ला प्रहरी प्रबक्ता वलीले जानकारी दिए।