२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

कोरोनाबाट भारतमा एकैदिन ३ सय बढीको मृत्यु

छिमेकी मुलुक भारतमा सन् २०२१ मा पहिलो पटक एकैदिन कोरोनाभाइरसको संक्रमण भएका ३ सय १२ जनाको मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार गत वर्षको डिसेम्बर २४ यता पहिलो पटक यो भाइरसको संक्रमणबाट एकैदिनमा यति धेरै मानिसहरूको ज्यान गएको हो।

भारतमा पछिल्लो समय कोरोनाभाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको छ। शनिबारमात्रै त्यहाँ ६२ हजार ५०० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितको यो संख्या पछिल्ला १६३ दिनमा सबैभन्दा धेरै हो। अहिले भारतभरि सक्रिय संक्रमितको संख्या ४ लाख ८५ हजार छ। आइतबारपछि यो संख्याले ५ लाखको सीमा पार गर्नेछ।

भारतका महाराष्ट्र, छत्तीसगढ, गुजरात, हरियाणा, कर्नाटका, दिल्लीलगायत १५ राज्यमा कोरोना संक्रमित बढिरहेका छन्।

पछिल्लो समय भारतमा कोरोनाविरूद्धको भ्याक्सिन लगाउने क्रम तीव्र रूपले चलिरहेको भए पनि विभिन्न भेरियन्टको कोरोना भाइरस फैलिरहेको छ।

भारतमा अहिलेसम्म १ करोड १९ लाख मानिस कोरोना संक्रमित भएका छन् भने १ लाख ६१ हजार जनाको मृत्यु भएको छ।