पश्चिम दाङका अपाङ्गता भएका ब्यक्तिलाई ह्विलचेयर बितरण गरिएको छ ।
अपाङ्गता सशक्तिकरण केन्द्र नेपालको आयोजना शान्तिनगर गाँउपालिकाको आर्थिक सहयोग तथा राष्ट्रिय अपाङ पुनःस्थापना समाज काठमाण्डौको ह्विलचेयर सहयोगमा १० जना अपाङ्गता भएका ब्यक्तिलाई बितरण गरिएको हो ।
अपाङगता सशक्तिकरणका अध्यक्ष रजनी शाहको अध्यक्षता, शान्तिनगर गाँउपालिकाका अध्यक्ष कमानसिंह डाँगीको प्रमुख आतिथ्यमा ह्विलचेयर बितरण गरिएको हो ।
कार्यक्रममा संस्थाका सदस्य निमबहादुर नेपालीले स्वागत मन्तब्य र सहजीकरण सहसचिब बसन्ती वलीले गर्नुभएको थियो ।
शान्तिनगरमा कम्तिमा ६ सय जना अपाङ्गता भएका ब्यक्तिहरु छन् । ती मध्ये ह्विलचेयर प्रयोग गर्ने अबस्थाका २५ बढी रहेको अपाङ्गता सशक्तिकरण केन्द्र नेपालले जनाएको छ ।