२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

जिल्लाको आर्थिक विकास तथा व्यवसायीक समस्याका बारेमा छलफल

दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा जिल्लाको आर्थिक विकास तथा व्यवसायिक समस्याका बारेमा छलफल गरिएको छ । जिल्लामा रहेका विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारीहरु बिच छलफल गरिएको हो ।

कार्यक्रममा सहभागि व्यवसायिक नेतृत्वले जिल्लाको आर्थिक विकासका लागि एक्तावद्ध भएर अगाडि वढ्नु पर्ने बताएका थिए । जिल्लामा रहेको पर्यटकीय बिकास तथा आर्थिक विकासमा संघहरु सहकार्यको माध्यमबाट अगाडि वढ्नु पर्ने उनीहरुले बताएका थिए । अहिले पनि सहकार्यको माध्यमवाट अगाडि बढ्दै आएको भन्दै आउँदा दिनमा पनि यसलाइ निरन्तरता दिने उनीहरुको भनाइ रहेको थियो । सहभागिहरुले जिल्लाका विभिन्न क्षेत्रमा देखीएका समस्या समाधान गदै अगाडि बढने प्रतिवद्धता समेत जनाएका थिए ।

कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र वुढाथोकी, देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनाल, गढवा उद्योग वाणिज्य संघका कोषाध्यक्ष खुमानन्द पोख्रेल, दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखा अध्यक्ष ज्ञानेन्द्रराज शर्मा, विजौरी उद्योग बाणिज्य संघका महासचिव विदुर गौतम, हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम खत्री, हापुरे उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष हुकुमवहादुर वली लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रमको विषय प्रवेश दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए ।