२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

बाघको आक्रमणबाट खेतमा पानी हाल्न गएका पुरूष गम्भीर घाइते

फाइल तस्वीर ।

बर्दियामा बाघले फेरि मान्छेमाथि आक्रमण गरेको छ।

सोमबार बाघको आक्रमणबाट एक पुरूष घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

गेरूवा गाउँपालिका(१ जनकनगर बस्ने ३५ वर्षीय चुलाराम थारूमाथि आक्रमण भएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जनाएको छ।

उनी आफ्नो घरबाट तीन सय मिटर पूर्व(दक्षिणमा रहेको धानखेतमा पानी लगाउन जाँदा बाघले आक्रमण गरी घाइते बनाएको हो।

घाइते थारूको टाउको, गर्दन र ढाडमा गम्भीर चोट लागेको छ। उनी बोल्ने अवस्थामा छन्।