पश्चिम दाङमा मोटरसाइकल दुर्घटना परी ३ जना घाइते भएका छन् ।
बबई गाउँपालिका वडा नं. २ सीतापुरमा रा ६ प १४४३ नम्बर मोटरसाइकल दुर्घटना परी ३ जना घाइते भएको ईलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।
घाईते हुनेमा बबई ४ का देबराज रजाली, बंबई ५ का धुर्ब घर्ती र गोविन्द पुन रहेका छन् ।
घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ ।