२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

चौतारीबाट पत्रकार महासंघको अध्यक्षमा केसी उम्मेद्धार

आसन्न नेपाल पत्रकार महासंघ दाङको नयाँ नेतृत्वका लागि प्रेस चौतारी नेपाल दाङले दुर्गालाल केसीलाई उम्मेद्धार बनाउने निणर्य गरेको छ । चौतारीको आज बाह्रकुनेमा भएको जिल्ला भेलाले केसीलाई अध्यक्षको उम्मेद्धार बनाउने निणर्य गरेको हो । यही चैत्र २५ गते पत्रकार महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका तोकिएको छ ।

महासंघको केन्द्रमा अस्ती उमेद्वारी दर्ता भैसकेको छ । चौतारी दाङका अध्यक्ष जेएन सागरको अध्यक्षता एवं प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारीको प्रमुख आतिथ्यतामा भेलाको आयोजना गरी तत्कालका लागि अध्यक्षको उम्मेद्धार खडा गरेको हो ।

चौतारीले नेतृत्वमा आफ्नो दावी कायम राख्दै अन्य संगठनहरु सँग सहकार्य गरेर अघि बढ्न आफुहरु तयार रहेको समेत स्पष्ट पारेको छ । चौतारीले दाङबाट लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी केन्द्रिय सदस्यमा टीका बस्नेतलाई अघि सारेर उम्मेद्धारी समेत दर्ता गराई सकेको छ ।