पश्चिमदाङकाे बबईमा माेटरसाइकल दुर्घटना परी घाइते भएका ३ जना मध्ये १ काे ज्यान गएकाे छ, भने २ जनाकाे अवस्था गम्भिर रहेकाे छ । बबई गाउँपालिका वडा नं. ३ पिसिओ चाेकमा रा ६ प १४४३ नम्बर काे मोटरसाइकल दुर्घटना परी गम्भीर घाइते मध्ये बबई ५ का १९ बर्षिय गाेविन्द पुनकाे ज्यान गएकाे प्रहरी जानकारी दिएकाे छ ।
यस्तै गम्भीर घाइते बबई ५ का धुर्ब घर्तीलाई काेहलपुर रिफर गरिएकाे छ भने बबई ४ का देबराज रजालीलाई काठमाडाैं लैजाने तयारी गरिएकाे छ । घर देखि हाेली खेल्न गएका उनिहरू घर फर्कनेक्रममा दुर्घटनामा परेका हुन् ।