२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

सीमा क्षेत्रबाट प्रवेश गरेकालाई आइसोलेसनमा राख्‍न मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमावर्ती क्षेत्रबाट प्रवेश गरेकाहरुलाई अनिवार्य १० दिन आइसोलेसनमा राख्‍न निर्देशन दिएको छ ।

भारतीय सीमा क्षेत्रमा कोरोना पोजिटिभ भएकाहरु सार्वजनिक बसमा नै यात्रा गरिरहेको पाइएको भन्दै स्वास्थ्य मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निकायहरुलाई आइसोलेसन व्यवस्थापनका लागि निर्देशन दिएको हो । सबै प्रदेशका सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वस्थ्य कार्यालयहरुको समन्वयमा कोरोनाको लक्षण वा चिन्ह भएकालाई अस्पतालमा र लक्षण नभएकालाई आइसोलेसनको व्यवस्था गरी १० दिन अनिवार्य रुपमा राख्न सोमबार सूचना जारी गरेको छ ।

मन्त्रालयले आइसोलेसन सेन्टरमा राखेबापतको प्रतिदिन प्रतिबिरामी दुई हजार सोधभर्ना उपलब्ध गराउने बताएको छ ।