२०८० साउन ४ गते बिहिवार
२०८० साउन ४ गते बिहिवार

दाङमा आजदेखि सार्बजनिक यातायात बन्दको घोषणा

फाइल तस्वीर ।

दाङका यातायात मजदुरहरु आन्दोलित भएका छन् । उनीहरुले विभिन्न माग राख्दै आजदेखी दाङमा सार्वजनिक यातायात सेवा अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् ।

उनीहरुले यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुले सहज रुपमा तलव भत्ताको ग्यारेन्टी हुनुपर्ने, नेपाल सरकारले जारी गरेको योगदानमा आधारित सामाजिक सुरक्षाकोष ऐन २०७४ सम्वन्धित यातायात प्रा’लिहरुले लागु गरी कार्यन्वयन गर्नुपर्ने र कार्यन्वयनका लागि नेपाल सरकारले तदारुकता देखाउनु पर्ने, नेपाल सरकार, नेपाल यातायात राष्ट्रियमहासंघ, तीनवटै मजदुर ट्रेड युनियन बिच भएको सयुक्त बैठकले गरेको निर्णय का’र्यन्वयन गर्नुपर्ने र नेपाल सरकारले ल्याएको कोभिड भ्याक्सिन खोप अभियानमा प्राथमिकताको आधारमा यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई समाबेश नगरिएको हुदा नेपाल सरकार र सम्वन्धित प्रालिहरुले यस प्रति चासो देखाउनु पर्ने विषयहरुको माग गरेका छन् ।

माग पुरा नभए थप शसक्त आन्दोलन गर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटिका अध्यक्ष केशव भण्डारीले बताउनु भएको छ । उहाँका अनुसार लोमा तथा छोटो दुरीका सार्वजनिक बस, ट्याक्सी, अटोहरु चलाउन रोक लगाईएको छ । यातायात मजदुर संग सम्वन्धित तिन वटा यातायात मजदुर संघ संगठनहरुले गएको आईतवार पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ, नेपाल यातायात मजदुर संघ ईकाई तुलसीपुर र अखिल नेपाल यातायात मजदुर संघ, दाङले सयुक्तहरुमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक यातायात बन्दको आह्वान गरेका छन् ।

बन्दका कारण दाङमा विहानै देखी सार्वजनिक सवारी साधन चल्न सकेका छैनन । जिल्लाका काउन्टरहरु बन्द भएका छन् जिल्ला अन्तर तथा बाहिरीने कुनै पनि सार्वजनिक सवारी साधन चलेका छैनन ।