फाइल तस्वीर ।
दाङका यातायात मजदुर संगठनले आह्वान गरेको अनिश्चितकालिन दाङ बन्द फिर्ता भएको छ ।
यातायात मजदुर, यातायात व्यवसायी र स्थानीय प्रशासनबीच बैठक बसी आज एक बजेदेखि बन्द फिर्ता भएको हो ।
यातायात मजदुर, यातायात व्यवसायी बिच ६ बुंदे लिखित सहमति गरी बन्द खुलेको छ । बैठक प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बैठक बसको थियो ।