२०८१ असार २९ गते शुक्रवार
२०८१ असार २९ गते शुक्रवार

प्रेस युनियनले पोख्रेललाई बिजयी बनाउन चुनावी अभियान थाल्ने

नेपाल प्रेस युनियन दाङले नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा युनियनका सल्लाहकार बिपुल पोख्रेललाई बिजयी बनाउन चुनावी अभियान थाल्ने भएको छ ।
आज घोराहीमा भएको भेलाले आसन्न महासंघको निर्वाचनमा सल्लाहकार पोख्रेललाई महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित गराउनका लागि चुनावी अभियान थाल्ने निर्णय गरेको हो ।

‘युनियनका सल्लाहकार पोख्रेललाई नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित गराउनका लागि युनियनका सबै सदस्यहरु कर्मठ भई चुनावी अभियानमा लाग्ने निर्णय गर्दछ,’ युनियन दाङको भेलाको निर्णयमा भनिएको छ ।

यसैगरि नेपाल पत्रकार महासंघ दाङको नयाँ कार्यसमिति सहमतीबाट चयन गर्नु पर्ने निष्कर्ष निकालेको छ । सहमतीय नेतृत्वका लागि युनियनले अन्य पत्रकार संगठनहरुसंग वार्ता तथा छलफल थाल्ने युनियनले निर्णय गरेको छ ।

सहमतीका लागि युनियनले नेपाल प्रेस युनियन दाङका अध्यक्ष सनतोष सुवेदीको संयोजकत्वमा ७ सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलमा लिला शाह, नारायण खड्का, आरके सितल, देवेन्द्र बस्नेत, किरण शाह र गोपाल शर्मा भट्राई सदस्य छन् ।

यो कार्यदलले नेपाल पत्रकार महासंघको आगामी नेतृत्वका लागि सहमतीका माध्यमबाट चयन गर्न अन्य संगठनहरु संग वार्ता थाल्ने छ ।