२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा दुई जना पक्राउ

सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

घटनाको १७ दिनपछि प्रहरीले सिराहाको सुखीपुर नगरपालिका–५ का २५ वर्षीय रामरिझन यादव र सिराहाकै लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षीय अभिमन्यू गिरी पक्राउ गरेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ।

मालपोत कार्यालयमा गत चैत १ गते बम विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी आठ जना घाइते भएका थिए। उक्त घटनाको जिम्मेवारी तराई जनतान्त्रिक मुक्ति मोर्चा ९गोइत० समूहले लिएको थियो। पक्राउ परेका दुवै जना यसअघि पनि आपराधिक काममा संलग्न भएको पाइएको प्रहरीले बताएको छ।