२०८१ असोज १९ गते शनिवार
२०८१ असोज १९ गते शनिवार

तोडफोड भएको राप्ती पुलमा नयाँ शिलालेख राखियो

तस्वीर : दशरथ घिमिरे

शिलालेख तोडफोड भएको नेपालको दोस्रो लामो पक्की राप्ती पुलमा नयाँ शिलालेख राखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते उद्घाटनको क्रममा अनावरण गरेको तर, केही दिनमै तोडफोड भएको शिलालेखको ठाउँमा नयाँ शिलालेख राखिएको हो।

शिलालेखमा ‘सिसहनियाँ राप्ती पुल’ नाम राखिएको थियो। नयाँ शिलालेखमा ‘महदेवा सिसहनियाँ राप्ती पुल’को नाम राखिएको छ।

पुल गढवा गाउँपालिकाको महदेव क्षेत्रमा रहेकाले पुलको नाममा महदेवा नराखिएको भन्दै विरोध भएको थियो। तर, यो पुलको शिलालेख तोडफोडमा गाउँलेको असन्तुष्टि बीच तत्कालीन नेकपाभित्रको अन्तरविरोधले काम गरेको दावी गरिएको छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते पुल शिलान्यास गरेका थिए।

करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो। पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो। यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ।