२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा एक को मृत्यु , एक घाइते

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
झिमरुक गाउँपालिका वडा नम्बर ३ आरुपाटामा मंगलबार बेलुका लु ३ त १०८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही गाउँपालिका २ कमिरेपानीका २९ वर्षीय झबिन्द्र सामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका सामतको उपचारका लागि बुटवल तर्फ लैजाँदै गर्दा बाटैमा नै मृत्यु भएको हो । दुर्घटनामा प्रेम सामत गम्भीर घाईते हुनुभएको छ । उहाँको बुटवलमा उपचार भइरहेको छ । मच्छी बजारबाट निर्माण सामाग्री लगेर बाँदिकोटतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ३० मिटर तल खसेको छ। प्रहरीले ट्याक्टर चालक फरार रहेको बताएको छ ।