बबई गाउँपालिका वडा नं. ७ का कृषकलाई विउविजन र औषधी वितरण गरिएको छ ।
वडा भित्र दर्ता भएका कृषि फर्म र कृषक समुहलाई विउविजन र औषधी वितरण गरिएको हो । वडा अध्यक्ष महाविर चौधरी र गाउँपालिका सदस्य रुपा रानाले कृषकलाई विउविजन र औषधी वितरण गरेका थिए । विउविजन र औषधी वितरण गर्दै वडा अध्यक्ष चौधरीले अहिले परिक्षणका लागि वितरण गरेको र कार्यक्रम प्रभावकारी भएमा आगमी दिनमा थप बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।