सांकेतिक तस्वीर ।
महोत्तरीमा अज्ञात समुहको गोली लागेर एक युवक घाइते भएका छन्।
औरहीको बैरियामा अज्ञात समूहले चलाएको गोली लागेर बर्दिवास नगरपालिका १ निवासी ३० बर्षीय रोशन कोइराला घाइते भएका छन्। उनलाई उपचारका लागि बर्दिबासस्थित जनसेवा हस्पिटलमा राखिएको र थप उपचारका लागि काठमाडौं लग्ने तयारी भईरहेको बर्दिवास नगरपालिका १ का वडाध्यक्ष चुडामणी पोखरेल (श्रृषि)ले जानकारी दिए।
घाइते कोइरालाको अवस्था सामान्य रहेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।