देशभर १९ जिल्लाको ५९ वटा वनमा डढेलो लागिरहेको छ। केही दिनयता सुक्खा बढेपछि आगलागी हुँदै गएको छ। यो समाचार तयार पार्दासम्म विभिन्न जिल्लामा डढेलो लागिरहेको छ। बुधबारभन्दा आज कम आगलागी भएको छ। बुधबार राति वर्षा भएकोले आगलागी कम भएको हो।
डोटी ११, अछाम १,बझाङ १,बाँके, बारा १, बर्दिया १,चितवन ३,डडेलधुरा ७,दैलेख ४, गुल्मी ३,जाजरकोट २, जुम्ला १,कैलाली १,पर्सा ३,रुपन्देही २,सल्यान ८,सुनसरी ३ र सुर्खेतको ६ ठाउँमा आगलागी भइरहेको वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत वन डढेलो पहिचान प्रणालीले जानकारी दिएको छ।
२९ जिल्लाका ८० ठाउँभन्दा बढी वनमा आगलागी
बुधबार २९ जिल्लाको ८४ ठाउँमा वनमा आगलागी भएको थियो। आज भने आगलागीमा कमी आएको छ। विभागका अनुसार आगलागी भएका ठाउँका स्थानीय निकाय र डिभिजन वन कार्यालयलाई जानकारी गराइसकेको छ। वन कार्यालयमा इमेल र एसएमएस गरेर सूचना दिने गरिएको छ। डिभिजन वन कार्यालयले स्थानीय तहसँग सहकार्य गरी आगलागी नियन्त्रण गरिने गरेको छ।
आगलागी नियन्त्रणमा सुरक्षाकर्मी र वारुण यन्त्रको प्रयोग गरिने गरिएको छ। मानिसहरूले चुरोट खाएर फाल्ने,वनभोजमा गएकाले आगो छोडेका तथा नयाँ रुख पलाउने आशामा आगलागी हुन गरेको छ।