२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

टरिगाउँ विमानस्थलमा इन्धन डिपो स्थापनाका लागि सर्भे

 

फाइल तस्वीर ।

दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलमा इन्धन डिपो स्थापनाका लागि सर्भे गरिएको छ ।

डिपो निर्माणका लागि लागत स्टिमेट तयार गर्न टोलीले सर्भे गरेको नेपाल आयल निगमका प्रबन्धक मनोहर डीसीले जानकारी दिनुभयो । टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापनाकालागि केही दिन अघि मात्रै आयल निगमलाई जग्गा उपलब्ध गराईएको थियो ।

 

यस अघि जग्गा प्राप्त नभएकै कारण ईन्धन डिपो स्थापनाको काम अघि बढ्न सकेको थिएन । जग्गा लिजमा लिएको जानकारी केन्द्रमा गराएपछि त्यही अनुसार प्राबिधिकहरु आएर सर्भे गरेका हुन् । त्यहाँ ७०÷७० हजार लिटरका तीन वटा ईन्धन ट्याङ्की निर्माण हुने छन् ।

तीन वटा ट्याङ्कीमा २ लाख १० हजार लिटर भण्डारण हुने नेपाल बायु सेवा निगम दाङ शाखा प्रमुख नेमकान्त लम्सालले बताए ।

ईन्धन डिपो स्थापना भएसंगै दाङबाट रुकुम सल्ले, पोखरा, जुम्ला पनि उडान भर्न सकिने उनको भनाई छ ।