दाङमा यात्रुबाहक बस पल्टिएर दुर्घटना हुदा २ जनाको मृत्युु भएको छ भने २७ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय दाङले बस अनियंत्रित भइ घोराहीको मसोटमा पल्टिदा २ जनाको घटनास्थलमै मृत्यु भएको जनाएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपि मुकुन्द रिजालले मृत्यु हुनेहरुको पहिचान हुन नसकेको जानकारी दिए । घोराही देखि लमही तर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबाहक बस लमही घोराही सडक खण्डको मुसोट नजिकै ब्रेक फेल भइ दुर्घटना हुदा मानबिय क्षती भएको छ भने बस पनि पुर्णरुपमा क्षतिग्रस्त भएको छ । शुक्रबार अपरान्ह करिब साढे पाँच बजे तिर दुर्घटना भएको हो ।
दुर्घटना भएको घटनास्थलमा प्रहरी पुगेको छ । घाइतेहरुको लमही अस्पताल र फ्लोरेन्स अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप बिवरण आउन बाकी रहेको प्रहरीको भनाइ छ ।