२०८० साउन ४ गते बिहिवार
२०८० साउन ४ गते बिहिवार

जगंलमा लागेको डढेलोमा परी नौ वर्षीय बालिकाको मृत्यु

फाइल तस्वीर

घरबाट नुहाउन गएकी नौ वर्षीया बालिकाको जगंलमा लागेको डढेलोमा परी मृत्य भएको छ।

धुर्कोट गाउँपालिका – ७ की संगीता परियारको घरनजिकै खोलामा नुहाएर फर्किने क्रममा धाराखोली बले सल्ला सामुदायिक वनमा लागेको डढेलीमा परी शुक्रबार दिउँसो करिब १ बजे जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।