२०८० साउन ४ गते बिहिवार
२०८० साउन ४ गते बिहिवार

गोठ आगलागी हुँदा १५ वटा चौपायाको जलेर मृत्यु

सर्लाहीको एक गोठ आगलागी हुँदा १५ वटा चौपायाको जलेर मृत्यु भएको छ ।

हरिवन नगरपालिका ९ बस्ने रमेश उप्रेतीको गोठमा बिहान ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीाबाट गोठमा बाँधिएको एउटा पाडी र १४ वटा खसीरबाख्राको जलेर मृत्यु छ ।

आगलागीले तीन लाख बराबरको क्षति भएको छ । आगोलाई स्थानीय प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो ।