२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

हापुरे बजारमा सरसफाई, चोक चोकमा डस्टविन


हापुरे बजारमा सरसफाई तथा चोक चोकमा डस्टविन राखिएको छ । हापुरे उद्योग वाणिज्य संघ र बबई चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा सरसफाई गरिएको हो । हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम केसी र बबई चेम्बर अफ कमर्सका अध्यक्ष युवराज कडेलको नेतृत्वमा भएको सरसफाई कार्यक्रमा व्यापारी, समाजसेवी, राजनितिक दल लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा कुमारी बैंक लिमिटेडले आफ्नो बार्षिक उत्सवको अवसरमा ६ वटा डस्टविन उपलब्ध गराएको थियो । बैंकका कर्मचारीपनि सरसफाई कार्यक्रमा सहभागि भएका थिए । सो डस्टविन बढि फोहोरमैला हुने चोकमा राखिएको छ । फोहोरमैला व्यवस्थापन गर्न सहज हुने बताइएको छ ।