२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

नेपाल पत्रकार महासंघ दाङको नयाँ नेतृत्व : लक्ष्मी आचार्य कि दुर्गालाल केसी ?

नेपाल पत्रकार महासंघ दाङको नयाँ नेतृत्वको लागि चुनावी माहोल तातिएको छ । यसपटक नेपाल पत्रकार महासंघ दाङको अध्यक्ष पदका लागि प्रेस चौतारी र प्रेस संगठन विच कडा प्रतिष्पर्दा हुने देखिएको छ ।

प्रेस युनियनको सहयोगमा प्रेस संगठनले अध्यक्ष पदका लागि लक्ष्मी आचार्यलाई उठाएको छ भने प्रेस चौतारीले दुर्गालाल केसीलाई अध्यक्ष पदका लागि उठाएको छ । यसपटक भने प्रेस युनियनले अध्यक्ष पदमा लागि प्रेस संगठनका लक्ष्मी आचार्यलाई सहयोग गर्ने भएको छ । केन्द्रिय समिकरण अनुसार दाङमा प्रेस संगठनलाई अध्यक्ष पदका लागि सहयोग गर्ने भएको हो । प्रेस चौतारीले अध्यक्ष पदका लागि उठाएका दुर्गालाल केसीलाई केहि साना संगठनले पनि सहयोग गर्ने भएका छन् ।

प्रेस युनियन र प्रेस संगठनले अध्यक्ष पदका लागि उठाएका आचार्य नयाँ युगवोध दैनिकका सम्पादक हुन् । उनी जिल्लामा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । महिला पत्रकारहरुपनि नेतृत्व गर्न सक्षम छन्, भन्ने एउटा उदाहरण लक्ष्मीले देखाउने होडमा छिन् । केसी कान्तिपुर दैनिकका उपसम्पादक हुन् । उनि लामो समय देखि दाङमा पत्रकारीता गर्दै आएका चर्चित पत्रकार हुन् ।