२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

 वडा स्तरिय खेलकुद प्रतियोगितामा फुटबलको उपाधी कृष्णपुर र भलिबलको उपाधी ढोलपुरको हातमा

बबई गाउँपालिका वडा नं। ७ चरकमटियामा सम्पन्न भएको वडा स्तरिय खेलकुद प्रतियोगिताको फुटबलको उपाधी कृष्णपुर र भलिबलको उपाधी ढोलपुरले हात पारेको छ । वडा भित्रका टोल टोल विचमा भएको फुटबल खेलमा कृष्णपुर टिम प्रथम र भलिबल खेलमा ढोलपुर टिम प्रथम भएको हो । यस्तै फुटबल खेलमा चरकमटिया टिम द्धितिय र भलिबल खेलमा पनि चरकमटिया टिम द्धितिय भएको खेल सञ्चालन समितिका अध्यक्ष भक्त डाँगीले जानकारी दिनुभयो । फुटबल खेलमा वेस्ट प्लेयर मनोज थापा र भलिबल खेलमा वेस्ट प्लेयर लिला डाँगीलाई घोषणा गरिएको थियो ।
खेलमा प्रथम, द्धितिय स्थान लिएका र वेस्ट प्लेयरलाई नगद, प्रमाण पत्र र ट्रफी वितरण गरिएको छ ।