नेपाल पत्रकार महासंघ दाङको आसन्न निर्वाचनका लागि दुईवटा प्यानलले आज उम्मेदवारी दर्ता गराएका छन् ।
प्रेस संगठन, प्रेस युनियन र प्रगतिशिल पत्रकार संघबाट लक्ष्मी आचार्यको समूह र प्रेस चौतारीको तर्फबाट दुर्गालाल केसीको नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । २१ सदस्यीय कार्य समितिमा ४२ जनाको उमेद्वारी परेको छ ।
लक्ष्मी आचार्यको समूहको संयुक्त गठबन्धनको उपाध्यक्षमा सन्तोष सुबेदी र बसुन्धरा गौतम, सचिबमा आरके सीतल, सह–सचिबमा राकेश बस्नेत तथा देवि भण्डारी र कोषाध्यक्ष शरद रेग्मीको उम्मेदवारी दर्ता भएको छ । यस्तै सदस्यहरुमा सन्तोष केसी, प्रेम तिवारी, अन्जना चौधरी, यमकला भुसाल, सरीता चौधरी, शिबराज खनाल, दुःखहरण यादब, कुलदिप न्यौपाने, गिरीराज नेपाली, जीवन नेपाली, दिपक बोहरा, उदय बिसी र बिबेक खड्काको उम्मेदवारी परेको छ ।
दुर्गालाला केसीको समूहबाट उपाध्यक्षमा ओपेन्द्र बस्नेत र रन्जीता शर्मा, सचिवमा गोकर्ण पौडेल, सह सचिवमा दिप्तीशिखा चौधरी र दशरथ घिमिरे, कोषाध्यक्षमा प्रेम बिबस घर्तीको उम्मेदवारी दर्ता भएको छ । सदस्यहरुमा मिना बिश्वकर्मा, लक्ष्मण बिश्वकर्मा, नविनकुमार चौधरी, सन्तोषकुमार गुप्ता, शिब घर्ती, ऋषि यादब, एकराज भण्डारी, कमल ओली, विष्णु आर्ट, माधब कँडेल, दिपक जिएम, लक्ष्मण बस्नेत, शुनिलकुमार पोख्रेलको उमेद्वारी परेको छ । स्वतन्त्रबाट आभाष बुढाथोकीले सदस्यमा उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
यसैगरी ७ जना राष्ट्रिय परिषद सदस्यमा १४ जना र १७ जना प्रदेश परिषद् सदस्यमा ३४ जनाको उम्मेदवारी परेको छ । पत्रकार महासंघ दाङको नयाँ नेतृत्वका लागि यही चैत्र २५ गते निर्बाचन हुदैँछ । दुई प्यानलको कडा चुनावी प्रतिष्पर्दा हुने देखिएको छ ।