२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

नेपाल पत्रकार महासंघ दाङको नयाँ नेतृत्वका लागि चुनावी अभियान तिव्र

नेपाल पत्रकार महासंघ दाङको नयाँ नेतृत्वका लागि दुई प्यानलले चुनावी अभियानलाई तिव्रता दिएको छ । लक्ष्मी आचार्यको नेतृत्वको प्यानल र दुर्गालाल केसी नेतृत्वको प्यानले चुनावी अभियानलाई तिव्रता दिएको छ ।

लक्ष्मी आचार्यको नेतृत्वको प्यानलले पत्रकारका विभिन्न ऐजेण्डा सहित विभिन्न स्थानमा गएर पत्रकारहरुसंग भेटघाट तथा छलफल गरेको छ । नेपाल प्रेस युनियन र प्रगतिशिल पत्रकार लगायतको समिकरणमा प्रेस संगठनबाट लक्ष्मी आचार्य अध्यक्ष पदमा उठेकी छन् ।

लक्ष्मी आचार्य नेतृत्वको प्यानलले आज तुलसीपु्र र देउखुरी क्षेत्रका पत्रकारहरुसंग भेटघाट तथा छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष पदकी उम्मेदवार आचार्यले श्रमजिवि पत्रकारहरुको हकहित र सुरक्षाका लागि आपूmले उम्मेदवारी दिएको भन्दै चुनाव जिताउनेमा आफुले विश्वास लिएको बताईन् ।  यस्तै कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवार सन्तोष सुवेदी र बसुन्धरा गौतमले विगत लामो समय देखि पत्रकारी गर्दै आएको र महासंघमा बसेर श्रमजिवि पत्रकारका हकहित तथा विभिन्न समस्या समाधानमा आफूहरु अगाडि बढ्ने बताए ।
सो भेटघाट कार्यक्रममा उम्मेदवारहरुले आ–आफ्ना प्रतिवद्धता व्यक्त गरेका थिए । लक्ष्मी आचार्यको अध्यक्षतामा भएको भेटघाट कार्यक्रमको सहजिकरण नेपाल प्रेस युनियन दाङका पूर्व अध्यक्ष शुसिल बस्नेतले गरेका थिए ।
यसै गरी लुम्बिनी प्रदेशका उम्मेदवारहरुसंग पनि भेटघाट कार्यक्रम सम्पन्न भएको थियो ।