२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

हंसपुरमा १२ औ राष्ट्रपती रनिङ सिल्ड प्रतियोगीता सुरु

तस्वीर : झुपु क्षेत्री

बबई गाउँपालिकाको हंसपुरमा आज सोमबार देखि १२ औ राष्ट्रपती रनिङ सिल्ड प्रतियोगीता – २०७७ सुरु भएको छ । आज एक कार्यक्रम विच १२ औ राष्ट्रपती रनिङ सिल्ड प्रतियोगीता – २०७७ उदघाटन गरिएको हो ।

पुरन्धरा एभरेष्ट एकोडेमी प्रालिका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता एवम बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलको प्रमुखआतिथ्यता तथा बबई गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मोहनलाल दहालको विशिष्ट आतिथ्यमा कार्यक्रम उदघाटन गरिएको हो ।

सो अवसरमा नेपाली काग्रेस बबईका उपसभापति पिमलाल वली, नेकपा एमालेका बबईका अध्यक्ष जित वहादुर वली, वडा अध्यक्षहरु राम वहादुर डाँगी, नन्दलाल वली, चिन्तामणि शर्मा, समाजसेवी लगायले कार्यक्रम सफलताको शुभकामना मन्तव्य दिएका थिए ।
१२ औ राष्ट्रपती रनिङ सिल्ड प्रतियोगीता विभिन्न किसिमका कार्यक्रम सम्पन्न हुने बताइएको छ ।