नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली माधव नेपाल पक्षका नेताहरुलाई आफ्नो पक्षमा तान्न प्रयासरत् छन् ।
माधव नेपाल सहित चार जनालाई कारवाहीको पत्र पठाएका ओलीले सो समूहलाई फुटाएर एउटा पक्ष आफूतिर तान्न आफैं लागि परेका छन् ।
ओलीले नेपाल नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन् । नेपाल पक्षमा लागेका कतिपय नेतालाई ओली आफैले मनाउने प्रयास गरेका छन् ।
आन्तरिक संघर्षका लागि समानान्तर कमिटी बनाइरहेका नेपाल पक्षलाई फुटाएर ओली आफू बलियो हुने दाउमा लागेका छन् । उनले आफू पक्षधर नेतालाई पनि परिचालन गरी नेपाल पक्षका नेतासँग कुराकानी गरिरहेका छन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।