२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो


पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

तानसेन नगरपालिका काजिपौवामा भएको जीप दुर्घटनामा चालक बगनाँसकाली गाउँपालिका – ४ का २० वर्षका विजय खाम्चा मगर र रिब्दीकोट – ४ का २७ वर्षका राज थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

काजिपौवाबाट कुखुरा राखेर तानसेन जाँदै गरेको २ च ६३२ नम्बरको जीप गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ ।