२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

मुख्यमन्त्री पौडेलको राजीनामा माग गर्दै वाग्मती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध

नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग गर्दै वाग्मती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । झण्डै डेढ महिनापछि बसेको बैठकमा माओवादी केन्द्रले मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएको थियो ।

माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले सरकार भावानात्मक, सांगठनिक र वैचारिक रुपमा एक्लिएको बताउँदै मुख्यमन्त्रीको राजीनामा माग गरेका हुन् ।

उनले सरकारले पछिल्लो समय गुटको राजनीति गर्न राज्यकोषको पैसा खर्च गरिरहेको आरोप लगाएका छन् । उनले मदन भण्डारी फाउन्डेसनलाई प्रदेश सरकारले दिएको ५० लाख रुपैयाँको औचित्य पुष्टि गर्नसमेत सरकारलाई चुनौती दिए । प्रदेशसभाको बैठक बुधबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।