२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

पाटे बाघको आक्रमणबाट माहुतेको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघको आक्रमणबाट हात्ती चराउदै गरेका माहुतेको मृत्यु भएको छ ।
बाघको आक्रमणमा परी हात्तीसारका ३१ वर्षीय कर्मचारी माहुते पुलिस राम चौधरीको मृत्यु भएको हो ।

ठाकुरबाबा नगरपालका–९ बुट्कहुवाका थारु बर्दिया राष्ट्रिय निकुञ्ज गैँडा मच्चन भन्ने ठाउँमा हात्ती चराउने क्रममा बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्जले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट खोजतलास गर्दा उनको शव फेला परेको बर्दिया राष्ट्रिय निकुञ्ज सहायक संरक्षण अधिकृत असिम थापाले बताए । यस क्षेत्रमा पटक–पटक बाघको आक्रमणमा एघार जनाले ज्यान गुमाइसकेका छन् ।