२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

म्यानमारमा नागरिक हत्याको विरुद्ध दाङमा कालोपट्टी बाँधी प्रदर्शन

गत फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि प्रदर्शनीमा उत्रेका नागरिक लाई म्यानमारको सैनिक शासकले गरेको हत्या र दमनका बिरुद आज बुधबार मानव अधिकार तथा शान्ति समाजले कालोपट्टी बाधी सडकमा उत्रिएको छ ।

म्यानमारमा प्रदर्शनका क्रममा ६ बर्षिय बालबालिका देखि मलामिहरु माथी गोलि हान्दा हालसम्म ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ । म्यान्मारमा प्रर्दशनकारी माथी गरिएको दमन र हत्याका विरुद्ध मानव अधिकार तथा शान्ति समाज दाङ लगायत देशका विभिन्न स्थाना आखामा कालोपट्टी र हातमा मैन बत्ति बाली सडकमा उत्रिएको हो । शान्ति समाज दाङ शाखाले बिपि चोकमा गरिएको प्रर्द्शनमा समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेत, सचिब निर्मल नेपाली, नागरिक समाजका टिकाराम रेग्मी , दलित नागरिक समाजका छबि परियार, जेष्ठ नागरिक समाजका खुमान्द अधिकारी, शाखा सभापति तुलसीराम सुनार र भिमलाल मरासिनीले बोल्नुभएको थियो ।