२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

नेपाल पत्रकार महासंघ दाङको चुनाव : २७७ मतदातामा २६३ मत खस्यो, मतगणना भोली विहान ८ बजे


नेपाल पत्रकार महासंघ दाङको नयाँ नेतृत्वका लागि  भएको चुनावको मतदान सकिएको छ । नेपाल पत्रकार महासंघ दाङमा २७७ मतदाता रहेका पत्रकार मध्ये २६३ जनाले मतदान गरेका छन् । मतदान सकिएपनि भोली विहान ८ बजे मात्र मत जणना सुरु हुने निर्वाचन समितले जनाएको छ ।

नेपाल पत्रकार महासंघ दाङको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा लक्ष्मी आचार्य नेतृत्व र दुर्गालाल केसी उम्मेदवारी रहेको थियो ।

नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रगतिशिल पत्रकारको संयुक्त गठबन्धनको लक्ष्मी आचार्य नेतृत्वको उपाध्यक्षमा सन्तोष सुबेदी र बसुन्धरा गौतम, सचिबमा आरके सीतल, सह–सचिबमा राकेश बस्नेत तथा देवि भण्डारी र कोषाध्यक्ष शरद रेग्मी रहेका छन्। यस्तै सदस्यहरुमा सन्तोष केसी, प्रेम तिवारी, अन्जना चौधरी, यमकला भुसाल, शिबराज खनाल, दुःखहरण यादव, कुलदिप न्यौपाने, गिरीराज नेपाली, जीवन नेपाली, दिपक बोहरा, उदय बिसी र बिबेक खड्का रहेका छन् ।

यसैगरी प्रेस चौतारी, कान्तिकारी पत्रकार संगठन नेपाल, जनपत्रकार संगठन नेपाल र मिडिया नेपाल गठबन्धको दुर्गालाला केसी नेतृत्वको उपाध्यक्षमा ओपेन्द्र बस्नेत र रन्जीता शर्मा, सचिवमा गोकर्ण पौडेल, सह सचिवमा दिप्तीशिखा चौधरी र दशरथ घिमिरे, कोषाध्यक्षमा प्रेम बिबस घर्ती रहेका छन्। सदस्यहरुमा मिना बिश्वकर्मा, लक्ष्मण बिश्वकर्मा, नविनकुमार चौधरी, सन्तोषकुमार गुप्ता, शिब घर्ती, ऋषि यादब, एकराज भण्डारी, कमल ओली, विष्णु आर्ट, माधब कँडेल, दिपक जिएम, लक्ष्मण बस्नेत, शुनिलकुमार पोख्रेलको रहेका छन् ।
नेपाल पत्रकार महासंघ दाङको नेतृत्व कस्को हातमा पर्ने भोली मात्र थाहा हुने भएको छ ।
यसैगरी आजै केन्द्र, प्रदेश पनि एक साथ चुनाव सम्पन्न भएको छ ।