२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

हापुरे उद्योग वाणिज्य संघले विभिन्न कार्यालयमा डेलिकेसन बुझायो

हापुरे उद्योग वाणिज्य संघले विभिन्न कार्यालयमा डेलिकेसन बुझाएको छ । बबई गाउँपालिकाको समग्र विकास, शान्ति सुरक्षा तथा विद्युत नियमितताको माग राख्दै सम्बन्धित कार्यालयका प्रमुख समक्ष डलिकेसन बुझाएको संघका महासचिव मोहन बुढा क्षेत्रीले जानकारी दिनुभयो । हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम केसीको नेतृत्वमा गएको एक टोलीले जिल्ला प्रसाशन कार्यालय, विद्युत प्राधिकरण कार्यालय तुलसीपुर र सडक विभागमा विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको थियो । सो डेसिकेसन कार्यक्रममा उपाध्यक्षमा हुकुम वली, सचिव मोहन बुढा क्षेत्री, कानुनी सल्लाहकार, राप्ती बबई क्याम्पसका स्ववियु सभापति अनिल कार्की पनि सहभागी रहेको थियो ।