नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना चलिरहदा विपुल पोखरेलको प्यानलले अग्रता लिएको छ।
केही जिल्लाको गणना सकिँदा र केहीमा भइरहँदा अध्यक्षमा विपुल पोख्रेल नेतृत्वको प्यानलले अग्रता लिएको हो ।
सबैभन्दा धेरै मतदाता भएको काठमाण्डौसहित प्रतिष्ठान र केही जिल्लामा मतगणना चलिरहेको छ । केही जिल्लामा बिहानदेखि मतगणना सुरु हुदैँ छ र केहीको भने मतपरिणाम आइसकेको निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय अध्यक्षमा पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकीको उमेदवारी रहेको छ । हिजो ७७ वटै जिल्ला शाखामा, ४२ प्रतिष्ठानका १९ ठाउँमा र एक एसोसिएट र दशरथ रङ्गशालामा गरी ९७ केन्द्रमा मतदान भएको थियो ।
केन्द्रीय समितिको चुनाव पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको हो ।