पश्चिमदाङको एक सामुदायिक वनमा भिषण आगलागि भएको छ । बबई गाउँपालिका वडा नं. ५ स्थित पदमपुर सामुदायिक वनमा आगलागि भएको हो । दिउँसो १२ बजे देखि लागेको आगो बेलुकी ५ बजे नियन्त्रणमा आएको हो ।
दमकल, सुरक्षा निकाय, सुरक्षा निकाय, जनप्रतिनिधि र स्थानिय सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगलागि हुन पदमपुर गाउँ बल्ल तल्ल बचेको छ । सामुदायिक वनमा लागेको आगो पदमपुर गाउँ नजिक आएको थियो । पदपुर गाउँको एक घरको सौचालय सम्म आगो आएको थियो ।
आगलागि कति क्षेत्रमा भएको हो भन्ने थप विवरण आउँन बाँकी रहेको छ ।