२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

विद्यालय लगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस

पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउनका लागि विद्यालयलगायत भीडभाडयुक्त क्षेत्र बन्द गर्न मन्त्रालयले बिहीबार सिफारिस गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले विद्यालय बन्द गर्न र पठनपाठन अनलाइनबाट नै गराउन सिफारिस गरिएको हो । स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना नगरे कोरोना संक्रमण बढ्ने भएकाले पुनः विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्नका लागि सिफारिस गरिएको उहाँको भनाइ छ ।

सिसिएमसीलाई भीडभाड हुने क्षेत्रहरू जस्तैः विद्यालयल, सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको बताइएको छ । यदि मन्त्रालयको सिफारिस कार्यान्वयन भएमा कोरोना संक्रमणकै जोखिमका कारण लामो समय बन्द रहेर विगत केही महिनादेखि सञ्चालनमा रहेका विद्यालयहरु पुनः बन्द हुने भएका छन् ।